नियम १६२
प्रशिक्षण भत्ता
: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र तालीम केन्द्रहरूमा सञ्चालन भएको तालीममा प्रशिक्षकको रूपमा खटिने प्रहरी कर्मचारी, स्वदेशी वा विदेशी अतिथि प्रशिक्षकलाई प्रत्येक प्रवचनका लागि नियमानुसार प्रवचन भत्ता दिइनेछ । उपर्युक्त तालीममा बाह्य प्रशिक्षकको रूपमा खटिने प्रशिक्षकलाई पनि सोही अनुसारको भत्ता दिइनेछ ।